नेपाली आद्य जगद्गुरु श्री १००८ अनन्त विभूषित
श्री कमलनयनाचार्य स्वामिजी महाराज को जीवनी ।
लेखक् -कुबेर प्रसाद चापागाईं
मिति-२०३५/०२/५ गुरुवार
संशोधन- केशव शरण लुईटेल
मिति-२०७६/०२/३० गुरुवार
श्री लक्ष्मीनारायण पञ्चदेव ।
गणेश दुर्गा शिव सूर्य एव ।
श्री विष्णु पञ्चायतका सरणमा ।
पर्छु गुरुका पनि लौ चरणमा ।।१।।
हजार आठ श्री कौशिकैको ।
लेख्छु जीवनी इतिहास निको ।
सुन्दार हेर्दा पनि पाप जाने ।
भाषा म लेख्छु सब सत्य माने ।।२।।
श्रीरामानुज शेष गरुड र अनि गंगा र दुर्गाजीमा ।
गर्छु पहिले प्रणाम सरस्वती कनै बिघ्नादी नासगर्नमा ।।
विस्वक्सेन सदा प्रसन्न म उपर हुन्है भनी मन्महाँ ।
गर्छु ध्यान म फेरि यो मनमनै द्यौता हरुको यहाँ ।।३।।
लेख्छु एक इतिहास महापुरुषको भक्ती मनैमा धरी ।
एस्को पूर्ण गराउने पनि उनै सक्षात् जगन्नाथ हरी ।।
नेपालराज सुदूर पूर्व बुझनोस् अञ्चल छ मेची जहाँ ।
इलाम जिल्ला प्रख्यात हो एस महाँ नामसालिङ्ग गाउँ वहाँ ।।४।।
माम्चोक गाउँ निवासी ब्राह्मण थिये रिमाल परिवार पनी ।
गोत्रै कौशिक हो रिमाल थर हो भन्छु म नाउँ पनि ।।
पृथुनारायण का पनाती र अनि नाति श्रीराम भद्रका ।
पं मुक्तिश्वरका त पुत्र ईनी हुन् आचार्य कमलजिका ।।५।।
विक्रमसम्वत उन्नाइस सय पच्चीस मैना थियो भाद्रमा ।
कृष्णै दसमी पुण्य तिथि रविवार नक्षत्र आरद्रमा ।।
जस्ले जन्मलिए गुरु सकलका माता यशोदा पनि ।
हर्षित् छन् उहीँ दिन घडी उहीँ मिली एक गाई व्याईन अनि ।।६।।
सारा मंगल भो र न्वारान गरे ब्राह्मण बोलाई तहाँ ।
काशीनाथ प्रख्यात नाम रहिगयो आनन्द छायो तहाँ ।।
हज्जार आठ गुरुको छ बाल महिमा लेख्छु म अहिले यहाँ ।
सुन्नु होस सवै म लेख्छु इतिहास जस्तो छ उस्तै महाँ ।।७।।
बालक तीन महिना उमेर पनि थियो राखेर कोक्रामहाँ ।
खेल्थे बालक हेरु आँगनमहाँ आनन्दमानी त्यहाँ ।।
निस्क्यो एक विकराल सर्प र त्यहाँ आयो सरासर अनि ।
बालक सिद्धजीलाई झम्टन गयो हा हा गरायो पनि ।।८।।
सोही औसर दाहिने तिर परिक्रम् नै गरि साँप गयो ।
यो साँप होइन सिद्धको निकटमा नागै गएको थियो ।।
आई नाग श्रीसिद्धलाई उसले छोएर फँडा पनि ।
फिंजाउन सुरु रहेछ कि कसो पाएन केही पनि ।।९।।
आयो नाग जहिले उ तीन दिनपछि कोक्रामहाँ राखी फेर ।
आमा जानु भयो यताउती अनि लड्नु भएको त धेर् ।।
त्यो कोक्रामुनी तेल ठेकी पनि थ्यो त्यो ठेकीमा पर्नु भै ।
कडा चोट निधारमा परिगयो रक्ताम्य भोहै सबै ।।१०।।
त्यो खत् आज तलक अमिट हुन गै निधारमा बस्नगो ।
हाहा कष्ट कति परे तर पनि श्रीसिद्धजी बच्नु भो ।।
दुइटा पत्थर घरमाथी दृढ भै पहिले बसेका थिए ।
ठुला सारो अजङ्गका ती दुईटै ढुङ्गा रहेका भए ।।११।।
वर्षै तीन हुँदा भयङ्कर उहीँ ढुङ्गा खसेछन् तल ।
दैलो सामु भएर आँगनमहाँ आई बसेका तब ।।
यी ढुङ्गा अब पन्ध्र मानिस भई दुइटै गिराए तल ।
हाहा यश रितले कठै उहीँ बखत परि रह्यो खलबल ।।१२।।
अन्दाजी तीस पैतिसै मुरी थिये मकई थांग्रा महाँ ।
वर्षै चार हुँदा गुरु यसरी लौ खेल्दै गरेका त्यहाँ ।।
थांग्रै भत्कन गो र सब् इ मकई ज्युमा गुरुका खसे ।
सारा शरीर त्यो मकै बिच हुँदा भित्रै मकैमा बसे ।।१३।।
आमा बाबु पनि नभै उसघडी दिदी थिइन् घर महाँ।
भाई लाई नदेखी जोर संग ले रुन्थिन् विचारी त्यहाँ ।।
मकैका बीच भाइ पर्न गईगो भन्दै रोएको सुनी ।
यौटी वृद्ध जनानी आई यसरी खोज्दै गई छन् अनी ।।१४।।
मकै फ्याँकी दिइन् तलातल जता जाउन विपर्वा गरि ।
एक छिनमा पछि सिद्ध कौशिक त्यहाँ मिल्नु भयो त्यो घरी ।।
धन्य बच्नु भएछ सिद्धजी अहो त्यत्रो मकैले पनि ।
केही गर्न सकेन उज्ज्वल भविस्य नै बनाउन् भनी ।।१५।।
यो कुरा पछि बाबुलाई र अनि माताजीलाई पनि ।
पुगी विस्मत भो कठै कति कति पीडा भयोनी भनी ।।
एकमैना तक हात पाउ दुइटै टेकेर हिड्नु परो ।
त्यस पछि सब ठिक शरीर पनि भयो बाल्यादशा गै गयो ।।१६।।
उपनयन चौध वर्ष नभई जुर्दैन भन्ने भई ।
पाँचै वर्ष पुगेर मात्र गरियो व्रतबन्ध खुशी भई ।।
लगातार अब वेद पढ्न गुरुको आरम्भ याहिं भयो ।
अक्षर चिन्न छ बाँकी पढ्न गुरुको दिलचश्वी सारो थियो ।।१७।।
अध्याय दस सम्म वेद पढदा अक्षर नचिनी कन ।
पढ्नुभो अब यत्तिकै मनमनै अक्षर चिनिये छन ।।
राम्रो पढ्न कला थियोर गुरुको उत्साह राम्रो भई ।
हिड्नुभो घर छोडी पढ्न अब लौ विद्यार्थीको रुप् लिई ।।१८।।
योगिराज सवारीभो अब उता भोजपुर दिङ्ग्ला महाँ ।
पाठशाला उहीँ थ्यो षडानन गुरु बस्नु भएको जहाँ ।।
सोही ठाउँ पुगेर वर्ष पनि चार संस्कृत वेद पढ्नु भो ।
ज्ञान हासिल गरियो सुशील छ स्वभाव बालक अलि बढ्नुभो ।।१९।।
वर्षै चार महाँ षडानन गुरु परलोक जानुभयो ।
परंपद् गुरुजी भएपछि मनै सारै उदासी भयो ।।
योगिराज सवारीभो अब स्वराज नेपाल छोडीकन ।
इच्छा थ्यो अरु पढ्नलाई भरिसक् आदर्शवादी हुन ।।२०।।
जानुभो गुरुकुल अयोध्या र प्रयाग काशी महाँ खोज गरि ।
विद्या कै हर लक्ष साधन छ है आनन्द सागर परि ।।
आवस्यक जति पर्छ मानिस महाँ विद्या र बुद्धि जति ।
सारा प्राप्त गरे जगद् गुरुजी ले धेरै बताउँ कति ।।२१।।
माया बान्धवको र सम्पत्ति अनि गार्हस्थ्य ईच्छा हरु ।
सारा तोडिन गोर उत्पत्ति भयो वैराग्य चिन्ता बरु ।।
यै भो जानुभयो जगन्नाथ पुरी श्री शंकराचार्यको ।
मठमा पाल्नुभयो रिमाल गुरुजी आनन्द मंगल थियो ।।२२।।
सन्यास लिन्छु भनेर आग्रह पनि गर्नु भएथ्यो यहाँ ।
सन्यास कर्म नलेउ बाबु कलिमा भन्ने जवाव भो तहाँ ।।
के गर्नु भनी प्रस्न गर्नु जब भो हाम्रा महाराजले ।
उत्तरमा अब जो ठहर्दछ त्यहा दिनुभयो हर्षले ।।२३।।
सन्यास कर्म समाल्न बाबु कलिमा सारैछ मुस्किल बरु ।
वैष्णव धर्म असल्छ छन् अति ठुला जाउ भएमा गुरु ।।
यौटा वृद्ध गुरुजी वैष्णव धरम प्रचार गर्दै अनि ।
शिक्षादी जनमा उद्धार गरने नामका अनन्तै पनि ।।२४।।
पुरा नाम अनन्ताचार्य गुरु हो हज्जर आठ् ले उता ।
ती बस्छन् जुन ठाउमा म उनको दिदैछु ऐले पता ।।
भारतै बीच पर्छ द्रविण उ देश श्री विष्णुकाञ्ची महाँ ।
प्रतिवादी त गद्दी भयंकर महाँ गुरु रहन्छन् वहाँ ।।२५।।
गृहस्थी अथवा व्यवहारी अथवा कि जागीरेदार हवन् ।
वानप्रस्थी हवन् व्यापार हरु गरून् सत्कर्म गर्छन् जउन् ।।
व्यवहार छोड्नु परेन यश धरममा सच्चा अहिंसक् तर ।
हिंसा आदि व्यवहार मात्र यसले त्याग्नेछ सोही गर ।।२६।।
यो हो सत्य धरम छ वैदिक अनि विश्वास वेदको गरि ।
श्रीरामानुज दासले पृथीवीमा दिनुभएको छरी ।।
राजाका जन जो पुलिस हरुको पोसाक हेर्दा महाँ ।
जानिनेछ पुलिस हुन् भनी कतै सोध्छौं र हामी काहाँ ।।२७।।
त्यस्तै वैष्णव श्रीतिलक शिरमहाँ श्री यमका दुतले ।
देख्नासाथ यी भक्त हुन् भनी कतै छुँदैन क्यै रितले ।।
यस्तो सत्य कथा सुनेर महाराज श्री श्री कमलानयन् ।
जानुभो उनै विष्णुकाञ्ची मठका श्रीमान् गुरुका शरण ।।२८।।
हजार आठ अनन्ताचार्य गुरुजी आएर बाटै महाँ ।
वैष्णव दीक्षा लिएर सत्य पथको बाटो लिए है जहाँ ।।
सोध्नुभो गुरुले विचर् छ कुन लौ भन्नुभएथ्यो अनि ।
गुरुको अनि विष्णु लक्ष्मी दुईको सेवा गरि बस्छुनी ।।२९।।
श्री कौशिक महाराजको यतिकुरा श्रीमान् गुरुले सुनी ।
भन्नुभो गुरुले तयारी गरदै श्री बद्री जाउ भनी ।।
यौटा श्री रघुनाथचार्य गुरुजी श्री बद्रीकाश्रम महाँ ।
गर्छन् तप उहीँ जाउ बाबु अहिले आनन्दमानी त्यहाँ ।।३०।।
भन्ने यो गुरुको सुनेर उपदेश पैदल सवारी भयो ।
बद्रीमा पुगी श्री गुरु संग मिली आनन्दमा दिन् गयो ।।
नाममा ख्याति प्रसिद्ध जोशीमठ हो गंगा किनारा महाँ ।
थाईवाडी भनी जान्दछन् सब जना प्रख्यात छ भारत् महाँ ।।३१।।
यही पुण्य पवित्र स्थान बीचमा श्री श्री गुरुका संग ।
बस्नुभो महाराज भक्त बनी खुब संगत मिलिगो अब ।।
श्रीमान्य रघुनाथचार्य गुरुजी श्री बद्रीकाश्रम महाँ ।
गर्थे नित्य तपस्वी झै म उसको गर्दोछु वर्णन यहाँ ।।३२।।
श्री बद्री भगवान दर्शन हुने अवधि पुगी गो जब ।
बन्दै हुन्छ हिउँ परेर पथ त्यो जानी लिनुहोस् अब ।।
हिउँमा एक कमल बिछ्याई पहिले ओढेर एउटा अनि ।
गर्थे तप हिउँ मा बसी हिउदभर अत्यन्त खुशी बनी ।।३३।।
बद्रीको पट खुल्छ जुन दिन त्यहाँ सोही दिनैमा गई ।
हिउँ खोश्री गुरु ल्याउथे सब जना बोकेर खुसी भई ।।
तातोपानी थियो र कुण्ड उसमा न्वाएर ज्युमा सब ।
मालिस भो गुरुजी उठे भइ सफा ज्युका तिउँ छन अब ।।३४।।
धन्यै पर्वतमा हिउँ बीच बसी गर्नु तपस्या अनि ।
योगाभ्याश ठूलो रहेछ गुरुको सिद्धै रहेछन् ईनि ।।
यस्ता श्री गुरुका संगै बसी बसी श्री योगिराजले पनि ।
सेवा संगत गर्न पाउनु हुँदा योगी हुनुभो अनि ।।३५।।
एक दिन श्री गुरुको कृपा छ कति लौ भन्ने बिचार लि कन ।
भागे झै गरि जानु भो अलि उता जानी बुजी मनमन ।।
धेरै बेर हराउदा गुरु उता सारै बिपत्ति परी ।
खोज्नुभो अब सिद्ध कौशिक कहाँ जाँदा भए हे हरी ।।३६।।
मेरो सेवक बाबुलाई अहिले देख्यौकी काहीं भनी ।
योगी कौशिक खोज्न बालक हरु चाँडै पठाए पनि ।।
कसले आज लग्यो कहीँ कि अथवा आपत परो कि भनी ।
श्रीमान्य रघुनाथचार्य गुरुमा चिन्ता परो खुब अनि ।।३७।।
रुँदै खोज्नुभयो यता उति सबै गर्दै बिलौना पनि ।
यस्तै मा गुरुका चरण कमलमा श्रीसिद्ध आए अनि ।।
राखी काख महाँ अनेक प्रिय वचन बोलेर प्यारो गरि ।
के भो बाबु गयौ कतातिर तिमी भन्द्यौ अगाडी सरी ।।३८।।
यो स्नेह पाई गुरुको अति हर्ष मानी ।
श्री योगी कौशिक रहे अब भाग्य ठानी ।।
प्यारो गरेर रघुनाथ गुरुले सबै ती ।
अष्टाङ्ग योग दिनुभयो सब साधनादी ।।३९।।
खुसी भएर अब भक्त बनेर त्याहीँ ।
क्यै दिन पछि गुरु अनन्त पुगेर वाँहीँ ।।
दर्शन र भेट हुनगो गुरु शिष्यको फेर् ।
हर्षै भयो गुरु कमलनयना जी मा धेर् ।।४०।।
आफ्नै गुरुजीका थिये सुनका थिये ती ।
श्री शंख चक्र पद नाम पनि दिए ती ।।
ए बाबु वैष्णव प्रचार सदैव गर्नु ।
आचार्य पद अब दिए भर यही पर्नु ।।४१।।
पापात्म जीवहरु लाई उद्धार गर्नु ।
नारायण स्मरणमा अब चित्त धर्नु ।।
एकादशी तिथि र पर्व जयन्ती मान्नु ।
सर्वत्र जीव हरु मा हरि लाई ठान्नु ।।४२।।
सात्त्विक भोजन बनोस भगवान लाई ।
अर्पण गरेर तुलसी दल त्यो लगाई ।।
भोजन सदैव गरदा कोही दोछ छैन ।
श्री वैष्णवादी जनले नगरी हुदैन ।।४३।।
यस्तै प्रकार संग ती उपदेश पाई ।
बस्नु भयो गुरु पनि बहुतै रमाई ।।
केही पछि भव सुधार्न भनेर ठानी ।
आफ्नो स्वदेश तिर पाल्नु भयोनी ज्ञानी ।।४४।।
लोकोद्धारण गर्न फर्कनु भयो नेपाल कान्तिपुरी ।
पश्चिमाञ्चल आई बस्नु पनि भयो आनद सारै परी
त्यो भन्दा पहिले श्री स्वामी गुरुले तिर्थै गरेको कति ।
लेख्दै छु म सबै सुनेर लिनुहोस् उल्लेख भएको जति ।।४५।।
श्री कौशिक महाराज सिद्ध गुरुजी श्री श्री कमलानयन् ।
जन्मै देखी सूयोग्य ज्ञानी भनी जो संसारले जान्दछन् ।।
नेपाल का पशुपतिनाथ र अनि श्री गुह्यकाली अनि ।
विनायक सबै गएर गुरुले दर्शन गरेको छ नी ।।४६।।
वाराह अनि श्री हलेश्वर हुँदै फेरि जनकपुर महाँ ।
श्रीरामजानकी दर्शनादी गरदै फेरी धनुषा महाँ ।।
पश्चिमाञ्चल रिडी गण्डकी हरु श्री सेती वेनी अनि ।
रुद्रवेनी र पूर्तिघाट महाराज पुग्नु भएको छ नी ।।४७।।
मुक्तिक्षेत्र भएर फेरि गुरुजी हिमाल जानुभयो ।
श्रीदामोदर कुण्ड द्वादश सबै स्नानादी दर्शन भयो ।।
खाली पाउ हिडेर र दर्शन भयो तिर्थै थिये जे जति ।
गर्नु भो गुरुले असंख्य अरु जो तिर्थै कति हुन कति ।।४८।।
तत्पश्चात अब भारतीय तटमा दक्षिण यात्रा कति ।
गर्नु भो गुरुले जहाँ जति कुरा लेख्छु भएको जति ।।
गंगासागर फेरि काशी र गया फेरि जगन्नाथपुरी ।
किस्कान्धा र नृसिंह पन्न पछिता श्री वेङ्कटाद्री गरि ।।४९।।
तिरुपती र विल्ववर् शिवपुरी श्रीभूतपुरी अनि ।
विष्णुकाञ्ची पुगी बनाद्री पछिता वेदात्री तिर्थै पनि ।।
श्रीरङ्गम् पुगी धन्वीपुर र पछि श्रीपद्मनाभै महाँ
मुस्कुटम् अनि दर्भशयन पुगी रामेश्वरै छन जहाँ ।।५०।।
तोताद्री अनि सेतुबन्धन पुगे पाण्डवपुर नाशीक ।
प्रवाष क्षेत्र र गौर नार सहजै पुग्नुभयो कौशिक ।।
सुदामापुरी द्वारका पुगी अनि वृन्दावनैमा गई ।
नारायणी सरोवरादी गुरुले स्नानादी गर्नु भई ।।५१।।
दर्शन गर्नुभयो पुगेर मथुरा श्री चित्रकुट् मा पनि ।
पुष्कर् नैमिषिरण्य फेरि कनखल् पुग्नु भएको छ नि ।।
कूरुक्षेत्र हरि र लक्ष्मणझुला फेरि हृषीकेश मा ।
केदारेश्वर जोसीमठ् पछि अनि श्रीरुद्र प्रयागमा ।।५२।।
उषीमठ् अनि ज्योतिमठ् अनि पछि देवप्रयाग पुग्नु भो ।
विष्णुप्रयाग बद्रीनारायणको दर्शन पनि गर्नु भो ।।
स्वर्गारोहण क्षेत्र व्यास मुनिको गुफा सबै दर्शन ।
हाम्रा श्री गुरुदेवले घुमी सबै दर्शन गरेका छन ।।५३।।
पैदल मार्ग हिंडेर वर्ष तीन मा स्नानै र दर्शन गरि ।
धेरै गर्नु भयो तपस्वी गुरुले भक्ती मनैमा धरी ।।
जीवनमा कति पर्दछन् कठिन का बाधा र अड्चन हरु ।
कस्तो दुख परो श्रीसिद्ध गुरु मा व्याख्या म थोरै गरौं ।।५४।।
नेपाल राज्य सुदूर पश्चिम यता सल्यान छ ठाउँ यहाँ ।
वैष्णवको उपदेश ज्ञान गरदै बस्नु भएको त्यहाँ ।।
भन्थे सज्जन हेरु श्री गुरुजी हुन ज्ञानी असाध्यै भनी ।
गर्थे दुर्जनले खराब मनले निन्दा र चर्चो अनि ।।५५।।
केही दुष्ट हरु मिलेर अब लौ श्री सिद्ध लाई वहाँ ।
मार्ने निश्चय नै गरेर सब ती आए सरासर त्यहाँ ।।
दशैं को विजया टीका दिन थियो श्री योगिराज त्यो गडी ।
तुलसी दल टिप्न हुन्छ त्यहीँ नै आए अगाडी बडी ।।५६।।
भन्थे दुर्जनले टिपेर तुलसी खान्छस् पकाई अब ।
मार्नै पर्छ नमारी हुन्न भनी ती आए अगाडी सब ।।
ईश्वर मात्र थिए श्री सिद्ध संगमा थियेन कोही अरु ।
मार्ने निश्चय नै गरे अब कसो गर्नु प्रभो हे हरे ।।५७।।
हा हा ई बैरी हरु ले अब सिद्ध लाई ।
पक्रेर जंगल लगे खबरै नपाई ।।
मारेर जंगल महाँ खानि एक खाडी ।
ल्याएर सिद्ध कन हाली दिए नि गाडी ।।५८।।
स्यौला लिएर पुरपार अनि छोपी छापी ।
खुसी भएर घर फर्की गएनी पापी ।।
सिद्धै दबाई घर आई खुसी भएर ।
टीका लगाई अनि चाड मनाई धेर ।।५९ ।।
बस्थे अलच्छिनी अधम अब सिद्ध फेरि ।
तीन दिन पछि बिउँझी यो जग लाई हेरी ।।
योगभ्यास सिद्ध भइगो अनि छोपिएका ।
श्यौला ती तोडी कन बाहिर निस्कीएका ।।६०
महापुरुष कमलानयना जी फेरी ।
श्री शारदा नदी गएर नुहाई ओरी ।।
प्रायश्चित गरियो अनि आत्म शुद्ध ।
पारेर सोचनु भयो इति वैरी धूर्त ।।६१।।
मुद्दार सेखी गरि हुन्छर के अधम संगै ।
ईश्वर निसाफ गरलान् पछि यो बुझी सबै ।।
कुकुरले पयरमा यदि दिन्छ टोकी ।
कुकुरको पयर टोक्न हुँदैन सोची ।।६२।।
त्यस्तै अधम हरु कुकुर बनेर आए ।
के गर्नु मांस लुछ लाछ गरेर खाए ।।
साक्षात् हरे प्रभु तिमी सब देखने छौ ।
के कर्म हो सब कुरा तिमी लेखने छौ ।।६३।।
यस्तो राखी विचार सिद्ध तजी त्यो गाउँ र ठाउँ सब ।
छोडी गण्डकी तर्फ जानु पनि भो आनन्द छायो अब ।।
यौटा कामी रहेछ पाई सब हाल बीस्मत् महाँ खुब परी ।
लागो भन्न म गर्छु यी अधमको चिन्ता समेत यो घरी ।।६४।।
श्रीमान्य गुरुजी मिले हुँदी कतै गर्नु खबर लौ यहाँ ।
दाखिल गर्दिनुहोस् यसोगरी काहाँ छोड्छु र मैले कहाँ ।।
भन्थ्यो बिस्मतले गुरु तर कसै यी पापी लाई अब ।
ईश्वरै गर दण्ड झंझट म लौ गर्दिन अहिले सब ।।६५।।
क्षमा दान दिएर श्री गुरुजी ले बस्नुभएको वहाँ ।
गण्डकी तट पूर्तिघाट तिरको वर्णन म गर्छु यहाँ ।।
सारा सज्जन हेरु आई गुरुको आदर अनेकौं गरे ।
मन्दिर रम्य कुटी बनाई गुरुका आई शरणमा परे ।।६६।।
गण्डकी तट पूर्तिघाट विचमा आफ्नो कुटी थ्यो जहाँ ।
आउथे सब भक्त हेर्न प्रतिदिन एक दिन सुनिल्यौ यहाँ ।।
प्वाल देखी एक सर्प निस्किन गयो श्रीमान गुरुजी संगै ।
प्रवेश भो गुरुका गएर तनमा झुण्डी बसेको अबै ।।६७।।
हा हा सर्प भनेर मानिस सबै झस्केर आत्तिकन ।
सारा शिष्य र बुद्धिजीवी हरु को दुश्रै भयो है मन ।।
भन्नुभो महाराजले यश कनै केहि नगर्नु भनी ।
सुन्नासाथ गयो उ नाग उसले गरेन केहि पनि ।।६८।।
पूर्तिघाट महाँ थियो अतिथिको आएर बस्ने पनि ।
भित्री कुटी अलग थियो गुरुजीको गीतादी पढ्ने अनि ।।
एकदिन क्वै नव योगी आई संग नै बस्ने अनुरोध गरे ।
स्वीकार गर्नुभयो जगद् गुरुजीले योगी शरणमा परे ।।६९।।
ठूलो साँझ थियो गीतादी प्रवचन गर्नु गुरुले भयो ।
यस्तोमा अपवित्र गन्ध नजिकै आई रहेको थियो ।।
के हो ? गन्ध भनेर योगी संगमा श्री सिद्ध ले सोध्नु भो ।
बिच्छी मारी डढाईयो भनी जबाफ दिए यही सुन्नु भो ।।७०।।
साचो होकी भनेर बत्ती संग ली हेर्नु भएथ्यो जब ।
मृतक देह त बिच्छी को दनदनी जल्दै गरेको अब ।।
योगी का संग भन्नु भो गुरुजी ले यो कर्म कस्तो गर्यौ ।
किरा मानिस हुन्न भिन्न बुझनु आत्मा कसोरी हर्यौ ।।७१।।
प्राणी हो उसलाई मानव बनी माया गरेनौ किन ? ।
निद्रा भोक थकाइ एक छ भने हिंसा गरेको किन ।।
साधु भेष धरेर व्यर्थ तिमीले हत्या किराको गरी ।
हत्या भो यसरी नजानी महिमा ठिक मूर्ख जस्तोगरी ।।७२।।
यो हो धूप र दीप शंख ध्वनिको गीतादी शास्त्रै हरु ।
हुन्छन् नित्य गर्यौ अनर्थ तिमीले निस्केर जाउ बरु ।।
भन्नु भो महाराजले र उ पनि निस्के गयेथे जब ।
एक क्षणमा अरु बिच्छी आई शरीरै ढाकी दिएछन् सब ।।७३।।
भन्छन् ती जन ले महात्मा गुरुको बर्की छ कालै भनी ।
सारा बिच्छी प्रवेश गरे शरीरमा भन्थे सबैले अनि ।।
भन्नु भो महाराज ले चुप रहु बिच्छी भएता पनि ।
शास्त्रै धर्म प्रणाली तर्फ बुझनै आई रहेका इनि ।।७४।।
भन्नासाथ सबै ती प्राणी जति हुन बिच्छी हटेरै गये ।
बिच्छु सर्प बिषालु हुन् तर पनि आएर खाली गए ।।
धन्यात्मा गुरुदेव ईश्वर सरी माया बराबर गरि ।
गर्नुहुन्छ दया सबै संग महाँ नारायणैका सरी ।।७५।।
कोही एक बढा दशै तिर थियो चाड पर्व को दिन् महाँ ।
पूर्तिघाट महाँ समाधी लिनु भो हाम्रा गुरुले त्यहाँ ।।
नौ दिन सम्म समाधी लाई गुरुले टीका ग्रहण को दिन ।
साक्षात् योगी भनी टीका ग्रहणमा आये सबै ती जन ।।७६।।
बालक हेरु लिएर आशिष लिने सारा बजार का जन ।
आए आशिष माग्न सिद्ध संगमा भन्थे माहात्मा हुन ।।
यस्तै भै शुभ पूज्यपाद गुरुजी शताब्दी कुम्भै माहाँ ।
प्रयाग जानुभयो त्यहाँ मिलन भो ग्रामीण बन्धु जहाँ ।।७७।।
दुई हजार दस सालमा मिलन भो भक्तै रघुनाथ संग ।
निरौला र चूडामणि दुई जना आसाम का ती संग ।।
तिनको साथ भएर सिद्ध गुरुजी आसाम जानुभयो ।
लोकोद्धारण गर्न श्री गुरुजी ले आरम्भ गर्नुभयो ।।७८।।
आसाम बासी मिलेर श्री गुरुजीमा अत्यन्त भक्ति गरे ।
वैष्णव धर्म प्रचार हेतु सबले संपूर्ण गाउँ भरे ।।
कुन कुन ठाउँ पुगेर श्री गुरुजी ले कस्तो गरे काम भनी ।
लेखी दिन्छु अलिकति म पनि लौ जानेर लिनोस् अनि ।।७९।।
तेजपुर सिङ्ग्री र नउगाउँ अनिता चाराली बस्नु भयो ।
नाग शंकर् अनि भागन्बारी पनि लौ बस्नु भएको थियो ।।
बागमारी मुनाबारी गाउँ तिरमा शिलापत्थरमा अनि ।
बाहुली गम्भिरी र वेगढी अनि बोड्मारा गाउँ छनी ।।८०।।
बस्नु भो अनगिन्ती शिष्य बनिये भुटान राज्यै महाँ ।
लाखौंलाख त शिष्य श्री गुरुजी का सर्वत्र हुन्थे त्यहाँ ।।
तत्पश्चात अब पाठशाला र अनि मन्दिर बनाउँ भनी ।
योजना गरिए र बन्न सुरु भो लेख्छु म लौ यो पनि ।।८१।।
राधाकृष्ण रखाय मन्दिर बनो आसाम सिङ्ग्घ्री माहाँ ।
पैलो हो पछि बाट बन्न सुरु भो भारत र भुटानमा ।।
नेपाल मा बनिये असंख्य अहिले बिस्तार गर्छु सब ।
राँगासुक् बेगिजन् भागन्बारी उता मन्दिर बनेका अब ।।८२।।
बागमारी यति ठाउमा बनिसके फेरि भुटानै महाँ ।
रानीखुवा रा माउगाउँ यसमा मन्दिर बनिये यहाँ ।।
श्रीलक्ष्मीहरि को सदन बनी त्यहाँ वेदको पठन पाठन ।
यसमा हुन्छ सदैव कीर्तन भजन् सून्नोस् सबै सज्जन ।।८३।।
माई श्री कनकाई को तट जहाँ पूर्वीय नेपालमा ।
पाठशाला अनि दिव्य मन्दिर बनो श्री लक्ष्मीनारायण ।।
पश्चिमाञ्चल गुल्मी भित्र परने श्री ब्रह्म घाटैमहाँ ।
मन्दिर एक बनो श्रीलक्ष्मीनारायण बस्नु भएको जहाँ ।।८४।।
मुक्तिनाथ पवित्र दामोदर का ती तिर्थयात्री गण ।
यही मार्ग भएर बास बसदै जान्छन् खुसी भै कन ।।
यस्तो पुण्य पवित्र स्थान छ उता यात्री हरुको पनि ।
सेवा हुन्छ सदैव भोजन भजन् पर्याप्त पाइन्छ नि ।।८५।।
जुहाङ् गाउँ रितौदी का सब मिली भक्तै हरु ले पनि ।
श्रीमान्य गुरु अग्रपारी एउटा मन्दिर बनेको छ नि ।।
यस्तो धार्मिक कार्य गर्नु सब भो तिर्थै तपस्या अनि।
सक्ने छैन अवस्य क्वै वीर हरु कस्तै गरुन्ता पनि ।।८६।।
योगेश्वर महाराज कौशिक गुरु श्री देव आचार्यको ।
क्षमा दान दया म लेख्छु अहिले सुनेर लिनोस यो ।।
नेपाल पूर्व छ मेची अञ्चल जहाँ जिल्ला छ झापा भनी ।
गा. पं हो शिवगञ्ज सात बुझनु कनकाई को तिर पनि ।।८७।।
प्रतिष्ठा बिधिले भयो जुन त्यहाँ श्रीलक्ष्मीनारायण ।
स्थाई सम्पत्ति एक हजार र पच्चीस गर्नुभयो अर्पण ।।
वैदिक छात्र सुसंस्कृतादी जनमा वात्सल्य प्रेमै धरी ।
वस्त्रादी सब मा प्रदान हुन गो कलयाणदायी सरी ।।८८।।
सन्ध्या बन्धन वेद पाठ रत जो साँचो अहिंसक बनी ।
यस्ता को रुचि राख्नु हुन्छ महाराज सात्त्विक होलान् भनी ।।
उद्धार गर्नुभयो जगद् गुरुजी ले मानिस लाई पनि ।
शिक्षा ज्ञान र आशिषै सकलमा बाँड्दै हिडेका अनि ।।८९।।
यस्ता ज्ञानी तपोब्रती पुरुषको पाएर संगत मता ।
हर्षोल्लास भएर गर्दछु नमन् कीर्ती छ मेरो सदा ।।
फैलाउन सबै मिलेर गुरुको सत्किर्तिको यो कथा ।
हाम्रो पाप सबै जलेर भवको मेटिन्छ दुखी व्यथा ।।९०।।
लेखी भाष्य सबै चिनारी अहिले सारा गराई दिये ।
संक्षिप्त पहिले पनि सब कुरा प्रचार गरेको थियें ।।
दोश्रो संस्करण छपाई अहिले पाठक समक्षै महाँ ।
अर्पण गर्दछु दिव्य हार फुलको स्वीकार गर्नोस् यहाँ ।।९१।।
अन्नादी फल त्यागी नित्य गुरुजी गोदुग्ध मात्रै लिने ।
ब्रह्मैचर्य रहि अहर्निस गुरु अष्टाङ्ग सिद्धि दिने ।।
बस्नु हुन्छ महर्षि देव ॠषि जी यस्ता माहात्मा कन ।
गर्नु दर्शन श्रेय हुन्छ सबले पापादि काटिन्छन ।।९२।।
लेखक- श्री कुबेर प्रसाद चापागाईं
मिति- २०३५/०२/०५ गते गुरुवार
प्रकाशक्- श्री नारदमुनी ढकाल, सरस्वती नेपाल (कनकाई धाम)
आदरणीय मान्य महोदय/ महोदया ??
धेरै जसो स्लोकमा भाव मात्र पनि बुझ्न गारो हुनेभएको हुँदा मैले थप गरेको छु इ श्लोक शार्दुलर्विकृडित छन्द मा रचना गर्न खोजिएको हो तर लेखक् ले छन्द कतै प्रयोग नगरी रचना गरेको हुँदा यसलाई संशोधन गर्न सकिएन ? संसोधित श्लोकवद्ध गर्दा सबै रचना हरु नवीकरण हुने भएकोले समयसापेक्ष आफ्नो स्थितिलाई ध्यानमा राखी मैले बुझ्दै नबुझ्ने श्लोक हरु केहि परिवर्तन गरेको छु ती परिवर्तित श्लोक हरु मा पनि छन्दको मात्रात्मक त्रुटी को ध्यान राखेको छैन केवल महापुरुष को जीवनी जो एउटा पवित्र ऐतिहासिक कालखण्ड हो त्यसलाई सबै समक्ष पुर्याउनु पर्छ भन्ने लेखक को जो धारणा देखिन्छ वस्तुतः त्यो नै सर्वोपरि भएको हुँदा मैले आफैं युनोकोड मा टाइप गरेर सर्वत्र सम्प्रेषण गरि योगिराज महर्षि श्री कमलनयनाचार्य जग्द्गुरु को वास्तविकता उजागर गर्न खोजेको मात्र हो । यो पवित्र कार्य गर्ने गराउने उनै जगद्गुरु को कृपा बाट संभव हुने भएको हुँदा समग्र पाठक भक्त भागवतमा पुरानो गुरुबा को जीवनी ग्रहण गरिदिन हुन अनुरोध गर्दछु ।
जय श्रीमन्नारायण
भवदीय- केशव शरण लुईटेल