नारी स्वतन्त्रता कविता
लेखक- आचार्य डा. केशव शरण लुईटेल
वात्सल्य प्रेम रसकी तिमि हौ प्रतिक ।
मातृत्व को छ प्रतिभा मनभित्र धेर
गर्छेउ प्रकाश घरमा गृहिणी बनेर ।।१।।
+
नारी तिमी बढ अगी विदुषी भएर ।
तिम्रा स्वतन्त्र अधिकारहरु लिएर ।
अन्याय को गरि दमन परतन्त्र त्याग ।
निर्भिक नारी तिमी आज स्वतन्त्र माग ।।२।।
+
छोरा समान अधिकार छ छोरी लाई ।
ल्याउ स्वतन्त्र कुरीति कुप्रथा हटाइ ।
शिक्षा र ज्ञानहरुले गरिदेउ प्रकाश ।
नारी स्वतन्त्र पथको गरिदेउ विकास ।३।
+
दुर्गा बनेर तिमीले धरती सजाउ ।
दासत्वको पददलित प्रथा हटाउ ।
नारीत्व माथी गरिने अपराधलाई ।
देउ कठोर तिमी दण्ड स्वतन्त्र ल्याई ।४।
+
एक्लै पराधिन थियौ घरमा रहेर ।
सामन्ती शोषण निती शदियौ सहेर ।
साधन बन्यौ पुरुषको तिमी भोग गर्ने ।
दासी भएर घरमा तिमी बस्नु पर्ने ।५।
+
एस्तो नृसंश नितीलाई परास्त पारि ।
नौलो किरण छर स्वतन्त्र भएर नारी ।
योद्धा बनेर तिमी आज स्वतन्त्र ल्याउ ।
आदर्श नारी तिमी आज अगाडी आउ ।६।
लेखक- आचार्य डा. केशव शरण लुईटेल
२०४८-०२-१५ बुधवार
स्थान- अत्रौलिया मिरपुर जिल्ला आजमगढ उत्तर प्रदेश
भारत
स्थान- अत्रौलिया मिरपुर जिल्ला आजमगढ उत्तर प्रदेश
भारत