हार्दिक समवेदना श्री रविचन्द्र गुरुङ जी प्रति
इर्श्या द्वेष घमण्ड राग मनको, छाडेर त्यागी बनः
झुटो यो सपना छ जिवन पनि, धिक्कार हो यो धनः
वाचेको क्षणलाइ सार्थक गरौ, कर्तव्य राम्रा गरी
व्यर्थै नष्ट नपार यो जुनिपनि, जानुछ एकदिन मरी (१)
खेती पाती र गाइ भैसी घरका, ब्यापार छाडीकन
खालिहात लियेर त्यागी परिवार्, जाइन्छ है निर्जन
वितेकोक्षण सत्यहो अरुसवै, झुटो छ यो वैभवः
भोली देखी हुदैन यादगरने, नाता र वन्धु सवः (२)
मेरा श्रीरविचन्द्र दाजु कुलका, यौटै थिये भूषणः
विर्र्सी विर्र्सीसकिन्न यो जुनीभरि, हाम्रो वितेको क्षणः
प्यारो राज्य हिमाली सिक्किम प्रदेश,याङग्याङ मा हो घर
नामै हो रविचन्द्र गर्गकुलका गुरुङ इन्को थर (३)
आमा बा अनि दाजु भाउजुभतिज्, पत्नी र छोरी कन
दिदी वैनी भिनाजु भानिज सवै, छोडी गयेका छन
राम्रो सुन्दर त्यो स्वरुप उनका,े संझेर रुन्छु याहा
छाडी इ कुलवन्धुलाइ अहिले, दाजु तिमी छौ काहा (४)
के थियो कुनकाम लिकन तिमी, नेपाल आयौ किन
जानेनन् परिवारले पनि कठै, एस्तो हुने त्यो दिन
आइ वास वस्यौ धरान तिरनै,सायद् गयौ मन्दिर
फर्कियौ घर संझी रात्रीविचमा, अल्प्यौ अधरोतिर (५)
सेवा भाव गर्यौ सहर्षमनले, जिल्ला प्रमुख भैकन
तिम्रो त्यो ममता र प्रेम सवले संझी रहेका छन
वितेका दिनलाइ संझीमनमा,आसु बगाइ कन
गर्दैथे सव नाम्ची वासी हरुले श्रद्घा सुमन अर्पणः (६)
हाम्रो यो समवेदना छ गहिरो, छौ स्तब्ध हामी याहा
आत्मा जो छ हजुरको सुखिरहोस त्योस्वर्ग भूमि माहा
हिजोका दिनको अगाध गहिरो हाम्रो वितेको क्षणः
संझि संझि म गर्दछु हजुरमा श्रद्धा न्जली अर्पण (७)
लेखक् आचार्य केशव शरण –लुइटेल)
वर्तमान काठमाण्डौ नेपाल
मिति- २०७०-०४-२८ गते

No comments:
Post a Comment