Showing posts with label नेपाली भाषानुवाद को प्रयास स्वरचित ।. Show all posts
Showing posts with label नेपाली भाषानुवाद को प्रयास स्वरचित ।. Show all posts

Thursday, December 21, 2017

Shivamahimna Stotram शिवमहिम्न स्तोत्रम्

               ।।अथ शिवमहिम्न स्तोत्रम ।।
     अहो विद्वत्ताको अतुल महिमा बुझ्नु कसरी ।
     घट्यो ब्रम्हाजीको वचन पनि हारेर   जसरी ।।
     त्यसैले   बोलेर    पनि  नसकिने हे स्मरहर ।
     मलाई लागेको स्तुति र कविता लेख्न रहर ।। १ ।।

    सवै बाटो काट्ने प्रभु हजुरको जो छ महिमा ।
    बताउँछन् सारा श्रुति चकित भै दिव्य गरिमा ।
    अनेकौं छन् तिम्रा गुण विषय का ती स्तुति हरु ।
    न खस्ने के  अड्ला   मन र वचनै का गति अरु ।। २ ।।

     खुल्यो मीठो बोली अमृत रस घोली मह सरि ।
     कुरा गर्छन्   द्यौता गुरु सहित  आश्चर्य लहरी ।।
     म जस्ताको बोली पनि  हजुरको  कीर्तन हुदा ।
     बनोस् चोखो  भन्दै  त्रिपुरहर यो टिप्तछु बुँदा ।। ३ ।।

     जगत् सारा सृष्टि स्थिति विलय का कारण बनी ।
     बने  ब्रह्मा  विष्णु  प्रभृति    सुर वा वैदिक मुनि ।।
     प्रभु त्यस्तो स्वामी  कसरी भुल गर्लान् र बुझले
     न ता राम्रो देख्ने    न त   असल चिन्ने अबुझले ।। ४ ।।

    अनौठो  यो  काया जगत  रचना   साधन  छ के? ।
    विधाताको  श्रीष्टि   कसरी कुन आधार अनि  के? ।।
    न  ता  तार्किक  तिम्रो   स्वरुप गुण पाउछ शठ भै।
    कुतर्की  भै  घुम्दै   गफ   गरि   हिडे    मोहीत हुदै ।। ५ ।।