।।अथ शिवमहिम्न स्तोत्रम ।।
अहो विद्वत्ताको अतुल महिमा बुझ्नु कसरी ।
घट्यो ब्रम्हाजीको वचन पनि हारेर जसरी ।।
त्यसैले बोलेर पनि नसकिने हे स्मरहर ।
मलाई लागेको स्तुति र कविता लेख्न रहर ।। १ ।।
सवै बाटो काट्ने प्रभु हजुरको जो छ महिमा ।
बताउँछन् सारा श्रुति चकित भै दिव्य गरिमा ।
अनेकौं छन् तिम्रा गुण विषय का ती स्तुति हरु ।
न खस्ने के अड्ला मन र वचनै का गति अरु ।। २ ।।
खुल्यो मीठो बोली अमृत रस घोली मह सरि ।
कुरा गर्छन् द्यौता गुरु सहित आश्चर्य लहरी ।।
म जस्ताको बोली पनि हजुरको कीर्तन हुदा ।
बनोस् चोखो भन्दै त्रिपुरहर यो टिप्तछु बुँदा ।। ३ ।।
जगत् सारा सृष्टि स्थिति विलय का कारण बनी ।
बने ब्रह्मा विष्णु प्रभृति सुर वा वैदिक मुनि ।।
प्रभु त्यस्तो स्वामी कसरी भुल गर्लान् र बुझले
न ता राम्रो देख्ने न त असल चिन्ने अबुझले ।। ४ ।।
अनौठो यो काया जगत रचना साधन छ के? ।
विधाताको श्रीष्टि कसरी कुन आधार अनि के? ।।
न ता तार्किक तिम्रो स्वरुप गुण पाउछ शठ भै।
कुतर्की भै घुम्दै गफ गरि हिडे मोहीत हुदै ।। ५ ।।
No comments:
Post a Comment