Thursday, October 19, 2017

ब्रम्होsपासना

यं शैवा: समुपासते शिव इति ब्रम्हेति वेदान्तिनो ।
बौद्धा बुद्ध इति प्रमाणपटव: कर्तेति नैयायिका: ।।
अर्हंनित्यथ जैनशासनरता: कर्मेति मीमांसका: ।
सोsयं वो विदधातु वाञ्छितफलं त्रैलोक्यनाथो हरि: ।।

        
नेपाली अर्थ
शैव धर्मका अनुन्याई हरु शिव रुपमा, वेदान्ती हरु ब्रम्हको रुपमा, बौद्ध हरु बुद्धको रुपमा, प्रमाण दिन कुशल न्याय दर्शनका अनुन्याई हरु कर्ताको रुपमा, जैन धर्मावलम्बी हरु अर्हन, र मिमांसक हरु कर्मको रुपमा जुन परमात्माको उपासना गर्दछन् उनै त्रैलोक्याधिपति भगवान श्री हरि हामीलाई वाञ्छित फल प्रदान गरून् ।

No comments:

Post a Comment